हेटौंडा : सरकारले लोपोन्मुख समुदायमा राखेको वनकरिया जाति। जंगलमा रमाउन मन पराउने र सामान्य मान्छेलाई देख्दा पनि डराउने जाति।त्यही समुदायकी सन्तोषी वनकरिया आफ्नो गाउँ परिवर्तन गर्दै छिन्।जंगलमै जन्मेर जंगलमै हुर्किएकी सन्तोषीले विद्यालय गएर पढ्ने र सामान्य मान्छेसरह जीवन बिताउने कुरा कल्पना पनि गरेकी थिइनन्। ९ वर्षसम्म जंगलमै गिठा भ्याकुर खाएर हुर्किएकी उनी पहिलोपटक समुदायमा आउँदा डराएकी थिइन्।सामान्य मान्छेलाई देख्दा पनि डराउने उनले ९ वर्ष हुँदा पहिलो अक्षर चिन्न पाइन्। जंगलबाट समुदाय