मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ। यसको छुट्टै धार्मिक महत्त्व छ। यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य रहेको लोकमान्यता छ।
‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो...।’ दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ ।
१० असोज, जनकपुरधाम । दशैं सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ । यति बेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक छाएको छ । जनकपुरधामका मठ मन्दिर र दसैँका लागि बनाइएका भव्य पन्डालमा प्रत्येक साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्ने गरेका छन् । मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया […]