कर्णाली प्रतिष्ठानले राकममा सय बेडको अस्पताल बनाउने

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दैलेख आठबीस नगरपालिकामा अवस्थित राकम कर्णालीमा सय बेडको अस्पताल बनाउने भएको छ । उक्त अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा त्यहाँका स्थानीय नागरिकले ४२ रोपनी जग्गा पास गरेका छन् । राकममा अस्पताल निर्माणका लागि प्रतिष्ठानका निर्देशक र उक्त नगरपालिकाका पूर्वनगरप्रमुख खड्गबहादुर सेजुवालले २०७६ फागुन १० गते समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता मितिदेखि प्रतिष्ठानले आठबीस नगरपालिकालाई विशेषज्ञ सेवा प्रवाहका लागि चिकित्सक पठाउने गरेको छ । अहिले आठबीसको स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने हेतुले गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा प्रतिष्ठानले अक्सिजन प्लान्ट सहयोग गरेको छ । सोको उद्घाटन मंगलवार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले गरेका छन् । अक्सिजन प्लान्ट उद्घाटन सत्रमा योजनामन्त्री शाहले प्रदेश सरकारले राकम कर्णालीमा सय बेडको अस्पताल निर्माण गर्ने कार्यलाई पहिलो प्राथमिकता दिने बताए । ‘विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै हुनुहुन्छ । त्यसलाई जतिसक्दो छिटो बनाउनुस्,’ उनले भने, ‘प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्छ ।’ उनले जल पर्यटनको विकास गर्दा युवा रोजगारी वृद्धि हुनसक्ने भन्दै र्‍याफ्टिङका लागि राकममा ट्रेनिङ सेन्टर खोल्न पहल गर्ने बताए । जलस्रोत, प्राकृतिक ग्यास, बहुमूल्य पत्थर, जडीबुटी, रैथाने उत्पादन तथा सांस्कृतिक एवं पुरातात्त्विकरूपले धनी कर्णालीको स्वास्थ्य र शिक्षाबारे संघीय संसद्मा ध्यानाकर्षण गर्न कर्णाली राराको यात्राका लागि राकम पुगेकी सांसद सोविता गौतमलाई आग्रह गरे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले अस्पताल निर्माणका लागि राकम छानेको भन्दै मन्त्री शाहले कृतज्ञता प्रकट गरे । सांसद गौतमले राकममा अस्पताल निर्माणका लागि प्रतिष्ठानले ठूलो भूमिका खेलेको बताइन् । कर्णालीको स्वास्थ्य र शिक्षा तथा यहाँको ऐश्वर्यका विषयमा सांसदमा कुरा राख्ने उनको भनाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रतिष्ठानले कर्णालीका १० र सुदूरपश्चिमका बझाङ, बाजुरा र अछामलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको बताए । ‘राकम कर्णाली हुम्ला र मुगुको तल्लो भेक, बाजुरा, अछाम, कालीकोट र दैलेख जिल्लाको ट्रान्जिट पोइन्ट नै पर्छ,’ उनले भने, ‘कर्णाली राजमार्ग पनि यसैमा परेकोले कुनै दुर्घटना वा अन्य बिरामीको उपचारका लागि राकम केन्द्रविन्दु नै पर्छ ।’ उपकुलपति रावलका अनुसार प्रतिष्ठानले सहयोग गरेको ३२ लाख पाँच हजार रुपैयाँ बजेटको अक्सिजन प्लान्टले एक सय ७० देखि दुई सय सिलिन्डर भरेर कालीकोट र अछाममा निर्यात गर्न सक्छ । यसका लागि विद्युत् आवश्यक पर्छ । दुर्गममा स्वास्थ्य शिक्षा र अनुसन्धान गर्ने संस्थाको विकासमा सरकारले प्राथमिकता दिनुपर्नेमा उहाँको जोड थियो । रासस

सम्बन्धित सामग्री

राकममा सय शय्याको अस्पताल बनाउँदै कर्णाली प्रतिष्ठान

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दैलेखको राकम कर्णालीमा १०० शय्याको अस्पताल बनाउने भएको छ । अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा त्यहाँका स्थानीय नागरिकले ४२ रोपनी जग्गा उपलब्ध गराएका छन् । राकममा अस्पताल निर्माणका लागि प्रतिष्ठानका निर्देशक र उक्त नगरपालिकाका पूर्वप्रमुख खड्गबहादुर सेजुवालले २०७६ फागुन १० गते समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता मितिदेखि प्रतिष्ठानले आठबीस नगरपालिकालाई विशेषज्ञ सेवा प्रवाहका लागि चिकित्सक पठाउने गरेको छ । अहिले आठबीसको स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने हेतुले गैरआवासीय नेपाली संघ (एनआरएन)को सहयोगमा प्रतिष्ठानले अक्सिजन प्लान्ट सहयोग गरेको छ, जसको उद्घाटन मंगलवार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले गरे । रासस

हुम्ला अस्पतालबाट विशेषज्ञ सेवा दिने सम्झौता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हुम्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । एक महिना अघिदेखि सुरु भएको विशेषज्ञ सेवालाई निरन्तरता दिन विशेषज्ञ चिकित्सक प्रतिष्ठानले पठाउने भएको छ । हुम्ला अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउनको लागि प्रतिष्ठान र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सम्झौता भएको छ । सम्झौताको आधारमा हुम्लाको स्वास्थ्य सेवा प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले बताए । प्रतिष्ठानका उपकुलपति डा रावल र मन्त

जुम्लाबाट ४ बिरामीको नमुना परिक्षणका लागि ‘स्वाव’काठमाडौँ पठाईयो

कोराना भाइसरको संक्रमणसँग मिल्दो लक्षण भएका ४ जना बिरामीको नमुना परिक्षणका लागि ‘स्वाव’ काठमाडौं पठाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार दिन देखि आइसोलेसनमा भर्ना भएका दुइ जना र तातोपानी गाउँपालिकाका लाम्रा र कालिकोटको नाग्म निगरानी केन्द्रमा बसेका एक एक जना गरि चारजनाको ‘स्वाव’ नमुना परिक्षणका लागि काठमाडौं पठाइएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । ‘उच्च ज्वारो आएका चार जना बिरामीको स्वाव संकलन भएको थियो’उनले भने,‘आज नै एम्बुलेन्सबाट स्वाव नेपालगन्ज पठाइसक्यौँ ।’ मंगलबार नेपालगन्जमा काठमाडौंदेखि जहाज नमुना लिन आउने भएकाले प्रतिष्ठानले तत्कालका लागि चार जनाको नमुना स्वाव पठाएको हो । कर्णाली प्रदेश सरकारले कर्णालीका तीन वटा अस्पतालाई आइसोलेसन सेन्टर बनाउने घोषणा गरेको छ । जुम्लामै कोरोनाको नमुना परिक्षण केन्द्र बनाउन पहल गरिरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए।