राकममा सय शय्याको अस्पताल बनाउँदै कर्णाली प्रतिष्ठान

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दैलेखको राकम कर्णालीमा १०० शय्याको अस्पताल बनाउने भएको छ । अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा त्यहाँका स्थानीय नागरिकले ४२ रोपनी जग्गा उपलब्ध गराएका छन् । राकममा अस्पताल निर्माणका लागि प्रतिष्ठानका निर्देशक र उक्त नगरपालिकाका पूर्वप्रमुख खड्गबहादुर सेजुवालले २०७६ फागुन १० गते समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता मितिदेखि प्रतिष्ठानले आठबीस नगरपालिकालाई विशेषज्ञ सेवा प्रवाहका लागि चिकित्सक पठाउने गरेको छ । अहिले आठबीसको स्वास्थ्य सेवामा सहयोग पुगोस् भन्ने हेतुले गैरआवासीय नेपाली संघ (एनआरएन)को सहयोगमा प्रतिष्ठानले अक्सिजन प्लान्ट सहयोग गरेको छ, जसको उद्घाटन मंगलवार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले गरे । रासस

सम्बन्धित सामग्री

जाजरकोटमा मनोपरामर्श शिक्षा दिंदै कर्णाली प्रतिष्ठान

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मनोपरामर्श र जनस्वास्थ्य शिक्षा दिन थालेको छ।...

जाजरकोटमा मनोपरामर्श शिक्षा दिंदै कर्णाली प्रतिष्ठान

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मनोपरामर्श र जनस्वास्थ्य शिक्षा दिन थालेको छ।...

कर्णालीमा आँखाको उपचार सेवा पुर्‍याउन कर्णाली प्रतिष्ठान र तिलगङ्गाबीच सम्झौता

जुम्ला – कर्णालीभरी आँखा उपचार सम्बन्धी सेवा पुर्‍याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा अस्पताल काठमाण्डौबीच सेवाविस्तारको सम्झौता भएको छ । तिलगङ्गा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइत र प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलले सहकार्यको सम्झौता गर्नुभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतले कर्णाली प्रतिष्ठान अन्तर्गतकाे आँखा विभागलाई अत्यधुनिक शल्यक्रिया सुविधाका लागि जनशक्तिका लागि तालिम र स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभ...

कर्णाली प्रतिष्ठान घटनाः उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ।

कर्णाली प्रतिष्ठान र राजमार्ग नयाँ बजेटको प्राथमिकतामा परेनन्

आगामी आर्थिक वर्ष २०७९/८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन ।  बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएको छैन । बजेटले अपेक्षित सम्बोधन नगरेको भन्दै कर्णालीवासीले दुःखेसो पोखेका छन् । बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पतालसँगको सहकार्यमा विश्वविद्यालय अन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न व्यवस्था मिलाइने छ

आर्थिक वर्षकाे बजेटमा कर्णाली प्रतिष्ठान र राजमार्ग प्राथमिकतामा परेनन्

कर्णाली । आगामी आर्थिक वर्ष २०७९/८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि सुर्खेत-जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन । बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएको छैन । बजेटले अपेक्षित सम्बोधन नगरेको भन्दै कर्णालीवासीले दुःखेसो पोखेका छन् । बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र […]

कर्णाली प्रतिष्ठान र राजमार्ग प्राथमिकतामा परेनन्

काठमाडौँ,१९ जेठ । आगामी आर्थिक वर्ष २०७९÷८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन । बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएको छैन । बजेटले अपेक्षित सम्बोधन नगरेको भन्दै कर्णालीवासीले दुःखेसो पोखेका छन् । बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

कर्णाली प्रतिष्ठान गरिबीको दुष्चक्र तोड्ने गतिलो उदाहरणः राष्ट्रपति

आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ तथा एकेडेमिक भवनको शिलान्यास कार्यक्रममा उनले प्रदेशका सबै जिल्लामा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने बाटोमा प...

कर्णाली प्रतिष्ठान र गंगालाल हृदय केन्द्रबीच शैक्षिक सम्झौता

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबी ऐतिहासिक सम्झौता भएको छ । बुधबार गंगालाल अस्पतालमा विश्व मुटु दिवसको अवसरमा एक कार्यक्रमका बीच कर्णाली प्रतिष्ठान र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबी शैक्षिक अनुसन्धानात्मक कार्यका लागि औपचारिक सम्झौता भएको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले गंगालाल […]

चिकित्सा शिक्षाको पाठ्यक्रम बनाउँदै कर्णाली प्रतिष्ठान

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सा शिक्षाअन्तर्गतका विभिन्न तहका पाठ्यक्रम निर्माण गर्दै आएको छ । कर्णाली प्रतिष्ठानले पश्चिम नेपालमै पहिलो चिकित्सा क्षेत्रका विभिन्न विधामा पाठ्यक्रम बनाउन थालेको हो । स्नातकोत्तर तहको पाठ्यक्रम बनाउन जुम्लामा एक दर्जन बढी चिकित्सा क्षेत्रका प्रध्यापक, सहप्रध्यापक र कर्णाली प्रतिष्ठानका विभिन्न विभागका प्रमुखसहितका विज्ञहरू जुटेका छन् । प्रतिष्ठानले स्नातकोत्तर […]