सुर्खेत : विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अहिले पनि अँध्यारोमै बस्न बाध्य छन्। हालसम्म कर्णालीका १० वटै जिल्लमा गरी करिब ९० हजार घरधुरीमा मात्रै बिजुली बत्ती पुगेको छ।नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश, प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख सुरेन्द्र अग्रहरीका अनुसार कर्णाली प्रदेशमा कुल घरधुरीमध्ये करिब ९० हजार घरपरिवार प्रत्यक्ष रुपमा बिजुली बत्तीको पहुँचमा पुगेको बताए। ९० हजार घरधुरीका करिब पाँच लाख ५० हजारभन्दा बढी अर्थात् ३३