प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै आन्दोलनरत वृहत नागरिक आन्दोलनले सिंहदरवार महिला मार्च गर्ने भएको छ । चरणबद्ध आन्दोलनमा रहेका नागरिक आन्दोलनका अगुवाहरुले शृङ्खलाबद्ध रुपमा भइरहेको बलात्कारका घटनाको विरोधमा मार्च गर्न लागेका हुन् ।कार्यक्रमअन्तरगत शुक्रबार बसन्तपुरबाट सिंहदबारको मूलगेटसम्म महिलाहरुले मार्च गर्नेछन् । ‘एकपछि अर्को बलात्कारलाई मूकदर्शक भइ हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौं अपराधीको पहरेदा