आगामी बजेटले बजारमा फेरि एकपटक क्यापिटल मार्केटमा तरङ्ग ल्याउने काम गरोस : उद्योगी विनोद चौधरी

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सांसद विनोद चौधरीले शेयर बजारमा तरङ्ग ल्याउने गरि आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले भने, 'आगामी बजेटले बजारमा फेरि एकपटक क्यापिटल मार्केटमा तरङ्ग ल्याउने काम गरोस् । अहिले धेरै लगानीकर्ताको पूँजी डुबेको छ । बैंकहरुमा तरलता अभावको कारणले ७ प्रतिशत हाराहारीमा रहेको बैंक व्याजदर बढेर १५ प्रतिशत पुग्ने स्थितिमा पुगेको छ । राष्ट्र बैंकसँग भएको ५ सय अर्ब भन्दा बढी पूँजी बजारको तरलतामा ल्याउनुपर्छ । सरकार आफ्नो विकास खर्च पनि गर्न नसक्ने, थुप्रेर बसेको पैसा पनि बजारमा ल्याउन नसक्ने स्थिति छ, यसको अन्त्य राष्ट्र बैंकले गर्न सक्नुपर्छ । अहिलेको बजेटले यो काम गर्नेछ भन्ने विश्वास छ ।’  मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा रहेको बताएका छन् ।  सांसद चौधरीले कोभिड महामारी र पछिल्लो समय युक्रेन र रसियाको युद्ध जस्ता कुराले मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा पुगेको बताए । उनले बजेटको बेला मात्रै अर्थतन्त्रबारे छलफल गर्ने तर अन्य समयमा गम्भिरतापूर्वक छलफल नगर्ने मानसिकता रहेको बताए ।  सांसद चौधरीले सरकारको विकास बजेट खर्च गर्ने प्रशासनिक निकायहरुको काम गर्ने क्षमता कमजोर हुँदा १० महिनामा ३१ प्रतिशत मात्रै पूँजीगत खर्च भएको आरोप लगाए । उनले अघिल्लो सरकारले नै अर्थतन्त्र समस्यामा ल्याएकोप्रति टिप्पणी गर्दै विभिन्न प्रकारका प्रयोगले थोत्रो भइसकेको गाडीको ड्राइभर बदलिँदैमा गाडीले तीब्र गति नलिने बताए । अहिलेको अर्थतन्त्रमा समस्या आउनु वर्तमान सरकार र अर्थमन्त्री दोषी नभएको पनि उनले जिकिर गरे । सांसद चौधरीले पछिलो समय भारतसँग बढ्दै गएको व्यापार घाटा कम गर्न नेपालमा उत्पादित भएको विद्युत् निर्यात गर्नुपर्ने बताए । उनले विदेशी रअ मेटिरियलमा आधारित वस्तुको नेपालले निर्यात गरेर व्यापार घाटामा रहेको ठूलो खाडल पुर्न नसक्ने बताए । सांसद चौधरीले उच्च व्यापार घाटा कम गर्न सरकारले कम्तिमा पनि १५ हजार मेगावाटभन्दा बढी विद्युत् बजारको मूल्यमा भारत निर्यात गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताए । सरकारले नीति तथा कार्यक्रम मार्फत जलविद्युतमा छुट्टै नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।

सम्बन्धित सामग्री

सिआइवीमा बयान दिए लगत्तै विनोद चौधरी श्रीलंका उडे

काठमाडौँ – बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा बयान दिए लगत्तै कांग्रेस सांसद विनोद चौधरी श्रीलंका उडेका छन्। सिआइवीले तत्काली बाँसबारी छालजुक्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको अभियोगमा उनले बयान दिएका थिए। चौधरी दिउँसो करिब २ बजे श्रीलंकन एयरलाइन्सको विमानमार्फत कोलम्बो प्रस्थान गरेका हुन्। नियमित कार्यतालिका अनुसार उनी श्रीलंका गएको चौधरीको सचिवालयले जनायो।

‘वासुदेव’बारे विनोद चौधरी : त्यो फिल्मले पैसा कमाएन तर आत्मसन्तुष्टि दियो

काठमाडौं । फोर्ब्स अर्बपति विनोद चौधरी फिल्म निर्माता पनि हुन् । नीर शाहसँग मिलेर २०४० सालमा उनले फिल्म ‘वासुदेव’ बनाएका थिए । त्यसयता उनी फिल्म निर्माणमा फर्किएका छैनन् । यतिबेला भने सो फिल्मको दृश्य सेयर गर्दै चौधरीले पहिलोपटक फिल्म निर्माणको किस्सा सुनाएका छन् । फिल्म बनाउन आफूले १२ लाख लगानी गरेको र त्यो पैसा आफ्नो […]

उद्योगपति विनोद चौधरी विजयी

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट उद्योगपति विनोद चौधरी विजयी भएका छन् । बिहीबार राती सकिएको मतगणनामा चौधरीले २९ हजार चार सय ९५ हजार मत प्राप्त गरेर विजय  भएका हुन् ।  कांग्रेस...

विनोद चौधरी १७१ मतान्तसहित अग्रस्थानमा

नवलपरासी पश्चिम क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरी १७१ मत सहित अघि लागेका छन्।

विनोद चौधरी र हृदयेश त्रिपाठीलाई पछि पार्दै घण्टीका सेन अग्रस्थानमा

काठमाडौं ; नवलपरासी १ मा कांग्रेसका विनोद चौधरी र जनता प्रगतिशील पार्टीका उम्मेदवार  हृदयेश त्रिपाठीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन्।उनले ३९५९ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन्। चौधरीले अहिलेसम्म ३८५० मत ल्याएका छन्।जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी तेस्रोमा छन्।  त्रिपाठीले २९४१ मत ल्याएका छन्। नेकपा एमालेले यहाँ त्रिपाठीलाई सहयोग गरेको थियो।

८९ भोटले पछि परे विनोद चौधरी

काठमाडौं, मंसिर ६ । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी ८९ भोटले पछि परेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले पछि पारेका हुन् । यहाँ ठकुरीले ३९५८ मत ल्याएका छन भने चौधरीले ३८६९ मत ल्याएका छन्। जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २९१२ मत ल्याएका छन्। नेकपा एमालेले […]

मधेसी कोटाबाट विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन्। मधेसी कोटामा चौधरीसहित ५ जना निर्वाचित भएका हुन्। मंगलबार सकिएको मतगणना अनुसार चौधरीसहित अजय चौरासिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, र...

कांग्रेसको मधेसी कोटामा उम्मेदवारी दिएका विनोद चौधरी जित नजिक

काठमाडौं । नेपाली कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका अर्बपति उद्योगपति विनोद चौधरी जित नजिक पुगेका छन् । केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा चौधरीले ४३०४ मत गन्दा २०२३ मत पाउँदै दोस्रो स्थानमा छन् । खुला मधेसीतर्फ पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन् । निर्वाचन समितिकाअनुसार ४६६५ मत खसेकोमा अब बाँकी ३६१ मतको […] The post कांग्रेसको मधेसी कोटामा उम्मेदवारी दिएका विनोद चौधरी जित नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

उद्योगी विनोद चौधरी बने काँग्रेसको महाधिवेशन प्रतिनिधि

उद्योगी विनोद चौधरी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् । उनी मधेसी कोटाबाट सर्वसम्मरुपमा काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेको कांग्रेस निर्वाचन समितिले बताएको छ ।सोमबार भएको निर्वाचनमा नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट चौधरी १४औं महाधिवेशन प्रतिनिधि बनेका हुन् । नेपालका एक मात्र डलर अर्बपति उनी नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य समेत हुन् ।