काठमाडौं । म्याराथन धावक गोपीचन्द्र पार्कीले जापानमा आयोजना हुने टोकियो ओलम्पिक गुमाउने भएका छन् ।
उनको स्थानमा एथलेटिक्स खेलाडी सरस्वती चौधरीले नेपालकातर्फबाट खेल्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले बिहीबार एक विज्ञप्ति निकाल्दै नियमित कोटाबाट सरस्वतीले ओलम्पिक खेल्ने जनाएको छ ।
सरस्वतीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छिन् । यसअघि...