स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले मेलम्ची र हेलम्बुका बाढी पीडितसँग भेट गरेका छन् । यही असार १ मा मेलम्ची खोला र इन्द्रावती नदीमा अकल्पनीय बाढीले ती क्षेत्रमा अपुरणीय क्षति पुर्याएको थियो । उनले बाढीबाट थप नदी कटान हुन नदिन बजेटको चिन्ता नगरी काम गर्न सरोकारवाला पक्षलाई निर्देशन दिए । उनले भने, “ पुन:निर्माणमा बजेटको अभाव हुँदैन । सरकारले पुन:निर्माणमा पहिलो प्राथमिकता दिन्छ ।” मन्त्री तामाङले तत्काल पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउने गरी काम