नयाँ दिल्ली : दिल्लीमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि धमाधम बिहे रद्द हुन थालेका छन्।दिल्ली सरकारले विवाहमा २० जना मात्र सहभागी हुन पाउने अनुमति दिएको छ। यो आदेशसँगै मानिसहरूले धमाधम बुकिङ रद्द गर्न थालेका छन्। यसले वैवाहिक काममा जोडिएका उद्योग र मजदुर प्रभावित भएका छन्।जिया बैंडका मालिक अनिल थडानीले भने‚ ‘मान्छेले विवाह रद्द गर्न थालेका छन् र पैसा फिर्ता माग्न थालेका छन्। धेरै मानिसले माघ ६ गतेदेखि बिहेको योजना बनाएका थिए। दिल्लीले प्रतिबन्ध लगाएपछि समस्या भयो। हामी