नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले आगामी तीन वर्षको कार्यकालमा पहिलो काम सार्वजनिक खरिद नियमावली ११ औं संशोधनलाई कार्यान्वयन गराउने प्रतिवद्धता जनाएका छन् । सोमबार नवनिर्वाचित नयाँ कार्यसमितिको पद तथा सपथ ग्रहण कार्यक्रमा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् ।उनले सरकारले केही दिन अगाडि मात्रै सार्वजनिक खरिद नियमावली ११ औं संशोधन गरेकाले संशोधन नियमावली कार्यविधि बनाउने काम गर्ने बताए । पछिल्लो समय निर्माण सामाग्रीको मूल्य अत्याधिक बढेकाले मूल्यवृद्धि न