खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ

काठमाडौँ - नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । खाणसँगै उनलाई मैजुबहालबाटै पक्राउ गरिएको हो ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण र उनकी श्रीमती मञ्जु खाणको नाम पनि मुछिएको छ ।  र,यो पनि - कांग्रेस नेता तथा पुर्वगृहमन्त्री खाणलाई ट...

सम्बन्धित सामग्री

धरौटी र साधारण तारेखमा रिहा हुने अभियुक्तलाई सम्पत्ति शुद्धीकरण विभाग लगिँदै

काठमाडौं,१८ मंसिर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइ ठगी गरेको आरोपमा पक्राउ परेर थुनामा तर, शुक्रबार उच्च अदालत पाटनको आदेशअनुसार रिहा हुन धरौटी रकम बुझाएका तीनसहित चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ। धरौटी रकम बुझाएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ […]

भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।  जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेस गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद पाएको हो । थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरेको छ ।  उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईलाई विभिन्न मितिमा पक्राउ गरी हिरासतमा राखेको छ ।   अन्य पक्राउ परेकामा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक, इन्द्रजित राईका छोरा नीरजसहित १७ जना फरार रहेको भन्दै ३३ जनाविरुद्ध ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने रायसहित सोमवार प्रहरीले आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ । उक्त घटनामा एक सय १३ जनाले साढे २७ करोड ठगी भएको भनी २२ ओटा जाहेरी प्रहरीमा दर्ता गरेका थिए । रासस

बालकृष्ण खाणका पीए पनि पक्राउ

पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

बालकृष्ण खाणका स्वकीय सचिव केसी पनि पक्राउ परे

नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार केसीलाई जडिबुटीबाट पक्राउ गरिएको हो ।

बालकृष्ण खाणका स्वकीय सचिव केसी पनि पक्राउ

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान खाणलाई पक्राउ गरेलगत्तै उनका स्वकीय सचिव केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । केसी र खाण दुबैलाई आज अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ।

पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव केसी पक्राउ

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ पर्नुभएको छ ।