फुटबल एकेड्मी स्थापना गर्न अखिल नेपाल फुटबल संघ, त्रिभुवन आर्मी फुटबल क्लब र सैनिक आबासीय महाविद्यालयबीच त्रिपक्षीय सम्झौता भएको छ । भद्रकालीस्थित सैनिक हेडक्वार्टरमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
एन्फाले सम्झौता बमोजिम एकेड्मीमा २१ जना फुटबल प्रशिक्षार्थीलाई प्रशिक्षण दिइनेछ । जसमध्ये सैनिक आबासीय महाविद्यालयका सात जना र एन्फाको छात्रवृत्ति कार्यक्रमबाट देशैभरिबाट सात जना र सात जना सशुल्क भर्ना हुन पाउनेछन् । एन्फाले फुटबलको विकासमा यस प्रकारको समझदारी र सम्झौताको कार्यान्वयनले महत्वपूर्ण योगदान पुग्ने विश्वास गरेको छ ।