काठमाण्डाै – शेयर बजार आज बुधवार झन्डै ३२ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ७६ अङ्कले घटेर दुई हजार दुई सय ७५ दशमलव ६८ विन्दुमा झरेको हो ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स, व्यापार र हाेटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
दाेहाेराे अङ्कले बजार घटेकाे दिन दुई सय ३३ वटा कम्पनीका ३६ लाख दुई हजार कित्ता शेयर एक अर्ब २६ करोड ९२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको चार करोड ५८ लाख रुपैयाँको शेयर ...