सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाईसीएल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई स्वीकार नगर्न सरकारसँग आग्रह गरेको छ । सुमन देवकोटा नेतृत्वको वाईसीएल नेपाल केन्द्रीय समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बुँदाहरु नसच्चिएसम्म सो सम्झौता पारित नगर्न सरकार र संघीय संसदसँग आग्रह गरेको हो । वाईसीएल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधीनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि