काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरु आइरहेको बताएका छन्।उनले पार्टीमा औपचारिक रुपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताए। पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने उनको भनाइ छ।‘नेपाली कांग्रेसको कुनैपनि बैठकमा यो विषयहरुको बारेमा कुनै छलफलहरु भएको छैन। यद्यपी पार्टीको केही नयाँ सांसदहरु जसले मन्त्री बनेर काम गर्ने अनु