काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नाे पार्टीभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरू आइरहेको बताउनुभएकाे छ । आज साेमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले पार्टीमा औपचारिक रूपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताउनुभयो ।
पार्टीका तर्फबाट मन्त्रिपरिषदमा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने महामन्त्री थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ, अहिलेसम्म मन्त्री नहुनु भएका केही साथीहर...