सानिमा जनरल इन्स्योरेन्सको नयाँ वर्ष अफर

यो समझदारी अन्तर्गत यात्रुले यात्राको मितिदेखि ३० दिनको अवधिको लागि १ लाख सम्म बीमा रकम पाउनेछन्। ३० दिनको अवधिमा एक पटकभन्दा बढी यात्रा गर्ने यात्रुलाई यो नीति यात्राको अन्तिम मितिदेखि लागू हुनेछ।...

सम्बन्धित सामग्री

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मंगलबार कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा कुण्डलीनी दरवार बैङक्वेट, चण्डोल, काठमाडौंमा सम्पन्न भएको हो ।उक्त सभामा प्रस्तुत सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी निर्णय तथा कम्पनीको चल अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता […]

जनरल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

काठमाडौं, १२ असोज । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स बीच गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । साथै मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको छ ।

जनरल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारण सभाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स बीच गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । साथै मर्जरपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्ताव समेत पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मर्जमा जान सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान, को हो पार्टनर ?

सानिमा जनरल इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार १५ गते बिहान १० बजेको लागि विशेष साधारणसभा  आह्वान गरेको हो।  विशेष साधारणसभामा एक मात्र प्रस्ताव पेश हुने छ । सभामा 'कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मुल्याउन (Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी' प्रस्ताव पेश हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले मर्जर सम्झौतामा हस्ताक्षर गर्ने बाटो खुलाउन नै विशेष साधारणसभा आह्वान गरेको हो ।  बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि झन्डै डेढ दर्जन कम्पनीहरु मर्जर तथा प्राप्तिमा जाने सम्भावना बढेको छ। तोकिएको पूंजी पुर्याउनलाई हकप्रदलाई अन्तिम विकल्पको रुपमा अगाडी सारीएपछि धेरै कम्पनीहरुले मर्जरको बाटो रोज्न बाध्य भएका हुन्।सानिमा जनरल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जर सम्झौता हुन सक्ने बजार चर्चा छ । सरकारी र बिदेशी स्वामित्वका बाहेकका बीमा कम्पनीले बीमा समितिमा पूंजी वृद्धि योजना पेश गरिसकेका छन्। जसमा अधिकांश कम्पनीहरुले तोकिएको चुक्तापुंजी पुर्याउनका लागि बोनस, हकप्रद र मर्जर तथा प्राप्तिको विकल्प अगाडी सारेका छन्।बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्तापुंजी पुर्याउनु पर्ने ब्यबस्था गरेको छ।

सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण

चैत २८, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय स्थानान्तरण भएको छ । साविकको प्रधान कार्यालय  कामनपा १ कमलादी, काठमाडौंमा रहेकोमा  काठमाडौं जिल्लाको कामनपा वडा नं ५ टंगाल मार्गमा स्थानान्तरण भएको कम्पनीले बताएको छ । कम्पनीको बीमा व्वसायमा भएको वृद्धिका कारण दैनिक प्रशासनिक तथा जनशक्ति व्यवस्थापनमा कठिनाई उत्पन्न भई सोही स्थानबाट दैनिक प्रशासनिक कारोबार सञ्चालन गर्न असहज भएकाले प्रधान कार्यालय स्थानान्तरण गरेको कम्पनीले बताएको छ ।

सानिमा जनरल इन्स्योरेन्सको चौथो साधारण सभा सम्पन्न

पुस ३०, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा शुक्रवार स्मार्ट क्याफे एण्ड ब्याक्वेट, धुम्वाराही चोक काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।  सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १८ गतेसम्म कायम शेयधरनीले साधारण सभामा सहभागिता जनाएका हुन् ।

सानिमा जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा पुस ३० गते हुँदै

पुस २०,काठमडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ ।  कम्पनीले सभा स्मार्ट क्याफे एण्ड व्याक्वेंट धुम्रवाराही चोक काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा पुस ३० मा

पुस ९, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ ।  कम्पनीले सभा स्मार्ट क्याफे ब्याक्वेंट धुम्रबाराही, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस १९ गते बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

सानिमा जनरल इन्स्योरेन्सको तेस्रो साधारण सभा बुधवार हुँदै

असार २२, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा बुधवार हुँदैछ । सभा बिहान १०:३० बजे कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा शुरु हुने कम्पनीले जानकारी गराएको हो ।  सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै सभाले आव २०७७÷७८ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै, सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका वैशाख २९ गते बन्द भएको छ । वैशाख २८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । यस भन्दा अगाडि कम्पनीले साधारण सभाको मिति जेठ ११ गतेलाई तय गरेकोमा कोभिड-१९ महामारीका कारण रोकिएको थियो ।

सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा असार २३ गते

सानिमा जनरल इन्स्योरेन्स कम्पनीकोे स्थगित तेस्रो साधारणसभा असार २३ गते हुने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीले जेठ ११ गते काठमाडौंमा साधारणसभाको मिति तय गरेको थियो । साधारण सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने […]