वैशाख ३, कोलम्बो । आर्थिक संकट कायमै रहेपछि व्यवस्थापनका लागि विभिन्न उपायहरु अबलम्बन गर्ने उपाय स्वरुप श्रीलंका सरकारले शेयर कारोबार बन्द गर्ने भएको छ ।
सरकारको अनुरोधमा श्रीलंकाको सेक्योरेटिज कमीसनले अप्रिल १८ देखि २२ तारिखसम्म कोलम्बो स्टक एक्सचेजञ्ज(सीएसई) बन्द गर्न आदेश दिएको हो ।
सेक्योरेटिज एन्ड एक्सचेञ्ज कमीसन अफ श्रीलंका(एसईसीएस) ले शनिवार जारी गरेको एउटा बयानमा स्टक एक्सचेञ्जको बोर्ड अफ डाइरेक्टर तथा लगानीकर्ताहरुले पूँजी बजार अस्थाई रुपमा केहि समयका लागि बन्द गर्न माग गरे अनुरुप एक साता शेयर कारोबार बन्द गर्न लागिएको उल्लेख छ ।
यसरी बन्द गर्दा लगानीकर्ताहरुलाई मुलुकको आर्थिक स्थिति बुझ्न तथा स्वीकार गर्न मद्दत मिल्ने छ ।
साथै उसले सर्वसाधारण लगानीकर्ताले गरेको मागका आधारमा सावधानीपूर्वक विचार गर्दा देशको मौजूदा आर्थिक स्थितिले शेयर बजारमा पर्न सक्ने असरको मुल्यांकन गरेर उचित निर्णय लिएको पनि बताएको छ ।
एसईसीएसले आगामी साता पाँच कारोबार दिन अर्थात् सोमवारदेखि शुक्रवारसम्म बजार बन्द गर्न आदेश दिएको हो ।
अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) बाट ४ अर्ब डलर राहत प्याकेज मिल्ने अपेक्षा
श्रीलंकाले आफू स्वतन्त्र भएयतादेखि पहिलो पटक आर्थिक संकट व्यहोरिरहेको छ । श्रीलंकाको केन्द्रीय बैंकले पनि विदेशी ऋण चुक्ता गर्न नसक्ने यसअघि नै घोषणा गरिसकेको छ ।
यो समयमा आएर अहिले उसले आईएमएफबाट ४ अर्ब डलरको राहत प्याकेजको अपेक्षा गरिरहेको छ ।
जसका लागि श्रीलंकाको एउटा प्रतिनिधिमण्डले अमेरिका भ्रमणमा रहेको छ । र उसले आईएमएफका अधिकारीहरुसँग वार्ता गरिरहेको छ । करीब एक महीनादेखि श्रींलंकाले आर्थिक संकटको सामना गरिरहेको छ । र यसबीचमा त्यहाँ राजनीतिक संकट पनि गहिरिंदै गएको छ । एजेन्सी