नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तरराष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठी पत्र ओसार प्रसार गर्ने भएको छ । उक्त सेवा सञ्चालन सम्बन्धी निगम र हुलाक सेवा विभागबीच आज सम्झौतामा हस्ताक्षर भएको निगमले विज्ञप्ति मार्फत जनाएको छ । सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका थिए । सन् २०२१ जुलाई १ देखी लागू हुने सो सम्झौता अन्तर्गत विभागले सेवा प्रदान गर्ने र निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगम मार्फत मात्र सामा