नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)बाट कारवाहीमा परेका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई गठबन्धनमै रहन आग्रह गरेका छन् । मंगलबार भएको दुई नेताबीचको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले डा भट्टराई गठबन्धनमै रहन आग्रह गरेको बताए । प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि अध्यक्ष प्रचण्ड र भट्टराईबीच सिंहदरबारमा छलफल भएको थियो । दुई नेताबीचको छलफलमा गठबन्धनका बारेमा छलफल भएको हो । नयाँ पार्टी बनाउने गृहकार्यमा रहेका भट्टराईले ग