सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई आईपीओ जारी गर्न बोर्डमा दियो निवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आईपीओ विक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।  मङ्सिर १८ गते प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले ३६ लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डमा निवेदन दिएको हो । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ । नेपालमा पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट यस कम्पनीले आईपीओ विक्री गरेको हो । योग्य संस्थागत लगानीकर्तामा भने प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले मङ्सिर ६ गतेदेखि १० गतेसम्म पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता आईपीओ विक्री गरेको थियो । योग्य संस्थागत लगानीकर्तामा जारी भएको शेयरको विक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसा तोकिएको थियो । मङ्सिर ११ गते तोकिएको अवधिभित्र योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त बोलपत्र खोली निर्धारण भएको ४०१ रुपैयाँ कटअफ मूल्यमा आईपीओ बाँडफाँट गरिएको हो । बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्तामा निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा आईपीओ जारी हुनेछ । सोही व्यवस्थाबमोजिम कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत दरको २४ लाख कित्ता आईपीओ योग्य संस्थागत लगानीकर्ताहरूमा विक्री गर्न कम्पनीले बोर्डबाट स्वीकृति पाएको थियो । दोस्रो चरणमा विक्री हुने कुल कित्ता आईपीओमध्ये ८ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दालाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ ।  यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ । 

सम्बन्धित सामग्री

सौर्य सिमेन्टले प्रिमियममा आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन

२० पुस, काठमाडौं । सौर्य सिमेन्ट कम्पनीले आईपीओ जारी गर्न स्वीकृति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सौर्यले स्थानीय र सर्वसाधारणका लागि कुल १ करोड ५९ लाख ८१ हजार ५ सय कित्ता सेयर निष्कासन गर्न स्वीकृति  मागेको हो । यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ छ । कम्पनीले […]

जगदम्बा स्टिलसहित ३ उत्पादनमूलक कम्पनी आईपीओ निष्कासन प्रक्रियामा

१० पुस, काठमाडौं । सर्वोत्तम सिमेन्टपछि अरू ३ उत्पादनमूलक कम्पनीले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा प्रक्रिया अघि बढाएका छन् । जगदम्बा स्टिलसहित उत्पादनमूलक ३ कम्पनी प्राथमिक सेयर (आईपीओ) निष्कासनको प्रक्रियामा रहेका हुन् । जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स र एसवाई प्यानल नेपाल आईपीओ निष्कासनका लागि केही महिनादेखि नै बोर्डको पाइपलाइनमा छन् । यी ३ बाहेक […]

जगदम्बा स्टिलले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

२४ असोज, काठमाडौं । नेपालको अग्रणी स्टिल उद्योग जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने स्वीकृति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १७ असोजमा आईपीओ निष्कासनको स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनाीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० […]

हिमालयन रि–इन्स्योरेन्सले प्रिमियमा आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

३१ भदौ, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले प्रिमियममा प्राथमिक सेयर (आईपीओ) जारी गर्न अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले २६ भदौमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ अर्ब बराबरको ३ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ प्रतिकित्ता अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी […]

मेन्छियाम हाइड्रोपावरले १६ करोड २७ लाखको आईपीओ जारी गर्दै

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्न धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । निष्काशन गर्न लागेको रकम मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रकम बराबरको शेयर आयोजना प्रभावित क्षेत्र बासिन्दाहरुको लागि र १० करोड ८५ लाख १६ हजार ७ सय रकम बराबरको शेयर सामूहिक लगानी कोष सहित सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । उक्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल रहेको छ । संखुवासभा जिल्लामा रहेको माथिल्

१० अर्बभन्दा बढीका आईपीओ पाइपलाइनमा, धेरै कम्पनी जलविद्युत क्षेत्रका

अहिले सञ्चालनमा रहेका ३२ वटा कम्पनीहरु सर्वसाधारणलाई सेयर बिक्री गर्ने (आईपीओ जारी गर्ने) अनुमतिको पर्खाइमा रहेका छन् । पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति लिनको लागि ३२ वटा कम्पनीले बोर्डमा निवेदन दिएका छन् ।बोर्डले दिएको जानकारीअनुसार यी कम्पनीको आईपीओ मूल्य १० अर्ब १५ करोड रुपैयाँभन्दा बढी हुन्छ । यसरी आईपीओ जारी गर्न लागेका कम्पनीहरूमा बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेका कम्पनीहरु सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स पनि रहेका छन् । यी कम्पनीहरुले बोर्डबाट

रसुवागढी र पिपुल्स पावरले आईपीओ जारी गर्ने

रसुवा (नेस) । रसुवागढीसहित दुई हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा एक अर्ब रूपियाँ बराबरको आईपीओ जारी गर्ने भएका छन् । सर्वसाधारणका सेयर निष्काशनको अनुमति माग्दै दुई कम्पनी पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुगेका हुन् । बोर्डका अनुसार रसुवागढी हाइड्रोपावरले ६८ करोड तथा पिपुल्स पावर लिमिटेडले ३१ करोडको सेयर जारी गर्न अनुमति मागेका हुन् । रसुवागढीले पुस […]

आदर्श लघुवित्तले आईपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले जारी पूँजी पूँजी २ करोड रुपैयाँको ३० प्रतिशतले हुने ६० लाख बराबरको ६० हजार कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने भएको हो । जसका लागि कम्पनीले असोज २० गते बुधबार पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग आईपीओ निष्काशनका लागि अनुमति माग गरेको छ । लघुवित्तले शेयर निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सबै काम गर्न बीओके क्यापिटल मार्केटलाई गत साउन ६ गते नै नियुक्त गरिसकेको ...

उपकार लघुवित्तले २ लाख ६६ हजार कित्ता आईपीओ जारी गर्ने

काठमाडौं, २० साउन । उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । साउन १३ गते संस्थाले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको हो । संस्थाको आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै महालक्ष्मी लाईभ इन्स्योरेन्स

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीको सोमबार बसेको तेस्रो वार्षिक साधारणसभाले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।उक्त सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको र अब छिट्टै आईपीओ निष्काशनको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।  आईपीओका लागि केहि दिन भित्रै नेपाल धितोपत्र बोर्डमा अनुमति माग्ने र अनुमति लगत्तै आईपीओ जारी गरिने कम्पनीले जानकारी दिएको छ ।सोमबार बसेको इन्स्योेर