प्रदेश नं. ६ मा आइतबार मात्र मन्त्रीपरिषद् विस्तार हुने भएको छ । वाम गठबन्धनले शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेपनि हुन सकेको छैन् । गठबन्धनभित्रका दुई दल नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलभित्र कुरा नमिल्दा मन्त्रीपषिद् विस्तारमा ढिलाई भएको हो । प्रदेश सरकारमा जान एमालेका भागमा ४ मन्त्री भाग परेपनि ६ जनाले दावी गरेका छन्…