पाँच रुसी विमान र एउटा हेलिकप्टर खसालेको युक्रेनको दाबी

काठमाडौं : युक्रेनले पाँच रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी गरेको छ।युक्रेनी सैन्य अधिकारीका अनुसार एयर डिफेन्सले पूर्वमा रुसी जेटलाई खसालेको बताएको छ। तर‚ यसबारेमा रुसले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको दाबी गरेका थिए। युक्रेनी पूर्वाधार तथा सीमा सुरक्षा बलमाथि क्षेप्यास्त्र हमला गरिएको उनले बताएको रोयटर्सले जनाएको छ।

सम्बन्धित सामग्री

बेलायतद्वारा रुसी विमान कब्जा

एजेन्सी । रुस र युक्रेनबीच युद्ध भइरहेको बेला बेलायतले एउटा रुसी विमानलाई कब्जामा लिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको दुई हप्ता भएको छ । युक्रेन एक्लै रुससंग लडिरहेको छ । तर पनि उसले रुसी सेना समक्ष हार मानेको छैन । रुस र युक्रेनबीच युद्ध चर्किरहेकै बेलामा बेलायतले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै रुसी […]

युक्रेनले रुसका पाँच विमान र हेलिकप्टर खसालेको दाबी

युक्रेनी सेनाले बिहीबार देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ। ‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भने ।युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेन विरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गरेका छन् ।गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ। कीभमा बोरिस्पिल अन्तरराष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् । नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ ।रुसी राष्ट्रपतिले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्रको राष्ट्रको मान्यता  दिएसंगै त्यस क्षेत्रमा आक्रमणको आदेश दिएका हुन्।समाचार संस्था द गार्जियनका अनुसार पुटिनले युक्रेनी र रुसी सेना आमने सामने हुनु अपरिहार्य रहेको बताएका छन्। उनले नेटोलाई युक्रेनको भूमिमा थप अगाडी नबढ्न समेत चेतावनी दिएका छन् । अहिलेको परिस्थितिले रुसलाई निर्णायक कदम लिन बाध्य बनाएको र सैन्य कारवाही जनतालाई बचाउनको लागि रहेको उनले बताएका छन् । उनले युक्रेनीलाई चेतावनी दिदै भनेका छन् 'तिमीहरुको पुस्ताले रुस बिरुद्द लडेका थिएनन् , तिमीहरु पनि हतियार बुझाएर फिर्ता जाउँ, युद्द बह्ये त्यसको जिम्मेवारी युक्रेनले लिनु पर्ने छ' ।  हाल युक्रेनमा संकटकाल घोषणा गरिएको छ ।

बेलारुसमा रुसी विमानको अभ्यास, युक्रेनसँगको तनाव झन् बढ्ने संकेत

युक्रेनसँगको तनावकै बीच बेलारुसमा रुसी विमानले युद्ध अभ्यास सुरु गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार टीयू–२२ एम थ्री बमवर्षक विमानले बेलारुसको वायु सेनासँग संयुक्त अभ्यास गरेको हो ।  युक्रेन र रुस बीचको तनाव दिनानुदिन बढिरहेको छ ।बेलारुसमा उडान भरेका रुसी विमान परमाणु बमजडित भएको सञ्चारमाध्यामहरुले बताएका छन् । रुसी रक्षा मन्त्रालयले यसलाई युद्ध अभ्यासको एक हिस्सा भएको बताएको छ । मन्त्रालयका अनुसार बेलारुसमा बमवर्षक विमानले ४ घण्टासम्म  अभ्यास गरेका हुन् ।बेल