स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा दिने प्रावधानको पक्ष र विपक्षमा बहस भइरहेको छ । निर्वाचन आयोगद्वारा बिहीबार राजपत्रमा प्रकाशित स्थानीय तह निर्वाचन सम्बन्धी आचारसंहितामा जनप्रतिनिधिलाई उम्मेदवार बन्न राजीनामाको अनिवार्य शर्त राखिएको छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । राजीनामा दिएरमात्र उम्मेदवार हुन पाउने प्रावधानले बहालवाला जनप्रतिनिधि उम्मेदवार बनेमा पालिकामा नयाँ नेतृत्व नआउँदासम्म जनत