नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले केन्याको टुरमा छ । राष्ट्रिय टोलीले केन्यामा पाँच टी–ट्वान्टी खेल्दा तीन खेलमा जित निकाल्न सक्यो । नेपालले खेलेका सबै खेलमा ब्याटिङको समस्या देखियो । यो समस्या पहिलोदेखिकै हो । नेपाली टोलीको प्रशिक्षकको भूमिकामा आएका मनोज प्रभाकरले आफूले ब्याटिङ समस्या समाधानतर्फ लिने योजना भएको बताएका थिए । तर, अहिले पनि नेपालको ब्याटिङ लाइनमा केही सुधार आएको देखिँदैन । नेपाली टोलीले केन्यासँग हार बेहोरेका दुवै खेलमा नेपालले लक्ष्य पूरा गर्न सकेन । जित निकालेक