१४ औँ महाधिवेशनमा नेतृत्व चयनमात्रै गरेर अलग्गै नीति महाधिवेशन गर्ने घोषणा गरेको कांग्रेस डेढ वर्षपछि नीति महाधिवेशन नगर्ने निष्कर्षमा पुगेको छ । नेतृत्व चयन र नीतिमाथिको बहस एकै पटक गर्दा सबैको ध्यान नीतिभन्दा नेतृत्वमा केन्द्रित हुने र नीतिमाथिको बहस कमजोर हुने निष्कर्षसहित त्यसबेला कांग्रेसले छ महिनाभित्र अलग्गै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो । जबकि त्यस्तो अभ्यास विगतमा कहिल्यै भएको थिएन, न त त्यसबारे विधानमै कुनै व्यवस्था छ ।