काठमाण्डाै - उच्च अदालत बार एसाेसिएशन पाटनको नयाँ कार्यसमिति अध्यक्षमा शान्तिराम खतिवडा विजयी हुनुभएको छ । उहाँ १ हजार ६६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी रामकृष्ण शर्माले २ सय ७१ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपाध्यक्षमा रामचन्द्र न्यौपाने १ हजार २३ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नारायण खरेलले २ सय ८४ मत प्राप्त गर्नुभएको छ । सचिवमा रवीन्द्रकुमार ढुङ्गाना, सहसचिवमा इन्दु कार्की, कोषाध्यक्षमा मिलन श्रेष्ठ विजयी हुनुभएको छ ।
त्यस्तै १४ जना सदस्यमा रमति म...