मध्य भोटेकोशीको आईपीओमा २९ लाख ५६ हजार ३२७ कित्ताको लागि आवेदन

साउन ११, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा  आइतवारसम्ममा हजार १३ हजार ७५९ जनाको आवेदन परेको छ ।    विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार २९ लाख ५६ हजार ३२७ कित्ताका लागि आवेदन परेको जानकारी दिएको हो । कम्पनीले साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  कम्पनीले कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविसु) १ र ५,बाह्रविसे नगरपालिका वडा नं ५ र ६(साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानिय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आइपीओ छुट्याएको छ ।  शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम ५० कित्तादेखि ४०० कित्तासम्म आवेदन गर्न सकिने छ । आवेदकले साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले बताएको छ । सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौंमा सात ओटा संकलन केन्दबाट दरखास्त फारम भर्न र बुझाउन सक्ने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ ।  साथै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओ भर्न सकिने छ । कम्पनीले यसअघि वैशाख २१ गतेदेखि आईपीओ विक्री खुला गरेकोमा कोरोना महामारी रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैंशाख २४ गतेदेखि स्थगित गरिएको थियो ।  कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।  

सम्बन्धित सामग्री

खोटाङमा म्यादी प्रहरीका लागि एक हजार ५११ को आवेदन

खोटाङमा म्यादी प्रहरीका लागि एक हजार पाँच सय ११ जनाको आवेदन परेको छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३४७ महिला र एक हजार १६४ पुरुषको आवेदन परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामबालक रायले बताए । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालयले गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त आह्वान गरेको थियो ।  म्यादी प्रहरीको स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा असोज

मधेस प्रदेश : म्यादी प्रहरीमा भर्ना हुन पहिलो दिनमै साढे आठ हजार आवेदन

काठमाडौँ । मधेस प्रदेशमा म्यादी प्रहरीमा भर्नाको लागि पहिलो दिनमै साढे आठ हजार आवेदन परेको छ । बिहीबार साँझसम्म मधेस प्रदेशको सबै जिल्लामा गरी आठ हजार चारसय १३ जनाले म्यादी प्रहरी भर्नाको लागि आवेदन दिएका छन् ।  दुई हजार दुईसय ९७ महिला र छ हजार एकसय १६ जना पुरुषले पहिलो दिन आवेदन दिएको प्रदेश प्रहरी कार्यालय […]

लालपुर्जाका लागि दुई हजार बढीको आवेदन

गुल्मीमा जग्गाधनी लालपुर्जाका लागि दुई हजार बढीले आवेदन दिएका छन् । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा कुल दुई हजार ७३ घरपरिवारले लालपुर्जाका लागि आवेदन दिएका हुन् ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको तथ्यांकअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका आवेदन परेका छन् ।भूमिहीन […]

सीवाईसी लघुवित्तको आईपीओमा २२ लाख ७७ हजार जनाको आवेदन

सीवाईसी लघुवित्त वित्तिय संस्थाको साधारण सेयर (आईपीओ)मा साढे २२ लाख ७७ हजार जनाको आवेदन परेको छ । वैशाख २ गतेदेखि आवेदन खुलाएको लघुवित्तको आईपीओमा आज अन्तिम दिन ६ गतेसम्ममा उक्त आवेदन परेको हो ।२२ लाख ७७ हजार जनाले २ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ बराबरको २ करोड ५६ लाख ८८ हजार कित्ता सेयरका लागि आवेदन परेको छ । यो कम्पनीले बिक्री खुलाएको आईपीओभन्दा ६९.५२ गुणा बढी हो ।कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री खुलाएको थियो । बिक्री खुलेको कूल सेयरमध्ये ६

मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन

१२ चैत, जनकपुरधाम । मधेश प्रदेशमा म्यादी प्रहरीका लागि ६८ हजार आवेदन परेको छ । २१ हजार ६९८ जना म्यादी प्रहरीका लागि यो प्रदेशमा ६८ हजार १९ जनाले आवेदन दिएका हुन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरिएपछि प्रदेशमा ६८ हजार १९ जनाले […]

यस वर्ष काेरियाले साढे ९ हजार कामदार लैजाने, आवेदन खुल्यो

काठमाडौं : रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत् दक्षिण कोरियामा कामदार पठाउनका लागि आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले आज सार्वजनिक सूचना प्रकाशित गर्दै ९ हजार ६ सय ५४ जनाको आवेदन खुलाएको हो।  शाखाका अनुसार सन् २०२२ र २०२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार ९ सय १४ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ श्रमिक लैजाने छ। त्यसका लागि चैत १४ देखि २१ गतेसम्म आवेदन दिन सकिने छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन पाउनेछ

१७ हजार शिक्षकका लागि दुई लाख ४० हजार आवेदन

२५ माघ, काठमाडौं। शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको छ । विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेदवारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । उनका अनुसार आयोगले एक […]

इजरायल रोजगारीः साढे २ हजार आवेदन अस्वीकृत

सुसारे  (केयर गिभर)को  रूपमा  इजरायल  जानका  लागि आवेदन दिएका मध्ये दुुई हजार ६९६ को आवेदन  अस्वीकृत  भएको  छ।  वैदेशिक रोजगार  विभागले  साउन  १२  देखि  ३२ गतेसम्म अनलाइनमार्फत परेका १० हजार आवेदनको  रुजु  गर्ने  क्रममा  ती  आवेदन अस्वीकृत गरिएको हो। तोकिएको मापदण्ड तथा  योग्यता  नपुगेका  कारण  आवेदन अस्वीकृत  भएको  विभागका  महानिर्देशक दीपक काफ्लेले जानकारी दिए । उनका &...

इजरायलमा रोजगारीः एक हजारको माग, १० हजार आवेदन

काठमाडौं, भदौ २ । इजरायलका लागि एक हजार सुसारे (केयरगिभर)को माग भएकोमा झन्डै १० हजारले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सहायक श्रमिकका लागि एक हजार जनाको माग भएकोमा आवेदन दिने अन्तिम दिन सोमबारसम्म नौ हजार ६९९ जनाको आवेदन परेको हो । ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार केयरगिभरका […]

इजरायलले मागेको हजार श्रमिकका लागि आवेदन आव्हान

काठमाडौं। इजरायलको मागबमोजिम नेपालबाट लगिने एक हजार श्रमिकका लागि आवेदन आव्हान गरिएको छ। वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर हजार जनाकै लागि आवेदन खुलाएको हो। तोकिएको योग्यता पुगेका आवेदकले आवेदन दिन सक्ने विभागले जनाएको छ। इजरायलमा केयरगिभरका लागि एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ। विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो।