रेल मार्गको काम फेरि अवरुद्ध

रौतहट । रूख कटानको विवादले मेची–महाकाली विद्युतीय रेल मार्गको काम फेरि अवरुद्ध भएको छ । रूख कटान गर्ने विषयमा वन उपभोक्ता समूह र रेल्वे कार्यालयबीच विवाद हुँदा राष्ट्रिय गौरवको आयोजनाको काम अवरुद्ध भएको हो । उपभोक्ता समूह आफैले रूख काट्न पाउनुपर्ने माग राखेको छ । रेल्वे कार्यालयले दुई साताअघि नेपाल वन निगम लिमिटेड (तत्कालीन टीसीएन कार्यालय) सँग रूख कटान र व्यवस्थापनका लागि सम्झौता गरेको छ । यही विवादका कारण अहिले रूख कटानको काम हुन सकेको छैन । बाग्मती–चाँदी खण्डको योजना अन्तर्गत प्याकेज नम्बर ४ र ५ मा पर्ने दोभान सामुदायिक वनमा ५ सय ७५ तथा रामलाल वृन्दावन साझेदारी वनमा १ हजार ९ सय ७५ रूख काट्नु पर्नेछ। रूख काट्न वन समूहलाई दिने मौखिक सहमति भए पनि सो नभएकाले काम गर्न नदिएको दोभान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वीरबल बम्जनले बताए । ‘डिभिजन वन कार्यालय, रेल्वे र वन समूहका पदाधिकारी बसेर सहमति भएको हो,’ ‘उनले भने, ‘रूख काट्न वन समूहले नै पाउनु पर्छ ।’ रेल्वे कार्यालयका इन्जिनियर बोध भण्डारीले समूहले कटान गर्दा चाँडो र भरपर्दो काम नगर्ने भएकाले रूख कटान र व्यवस्थापनमा सहजताका लागि निगमसँग सम्झौता गरेको बताए। यसमा विवाद भए पनि चाँडै टुङ्गो लगाउने उनले बताए । उक्त प्याकेजको ठेक्का लामा गोल्डेन गुड बिरुवा जेभीले पाएको हो । धन्सार क्षेत्रमा पर्ने रेल्वे ट्र्याक निर्माणको काम पनि रूख कटानकै कारण रोकिएको छ । वन मन्त्रालयले ६९ वटा रूख कटानको आदेश नदिएको कारण रोकिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले बताए। त्यस क्षेत्रमा विभिन्न जातको २ हजार ६ सय ५२ वटा रूख कटान गर्नुपर्नेछ। प्राविधिक कारण आदेश नभएकाले अहिले काम रोकिएको उनको भनाइ छ । झन्डै डेढ वर्षपछि वन मन्त्रालयले रेल्वे ट्र्याकमा पर्ने रूख कटान आदेश दिएको हो। तर, वन समूहको अवरोधका कारण फेरि आयोजना निर्माणमा समस्या आएको रेल्वे आयोजना कार्यालय लालबन्दीले जनाएको छ। रेल्वे आयोजना अन्तर्गतका सबै प्याकेजको काम गत माघ १४ मै सक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि विविध समस्याका कारण काम सम्पन्न हुन नसकेको आयोजनाले उल्लेख गरेको छ । वाग्मतीदेखि धन्सारसम्म २२ किलोमिटर ट्र्याक बनाउने योजना छ ।

सम्बन्धित सामग्री

मेलम्ची-हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चाेक- मेलम्ची-हेलम्बु सडक अवरुद्ध भएकाे छ। मेलम्ची खोलाको बहाब बढेका कारण मेलम्ची-११ सिमखेतमा बाटो अवरुद्ध भएको हो। बाटाे अवरुद्ध भएसँगै हेलम्बु मेलम्चीका विभिन्न यातायातका साधनहरू अलपत्र परेका छन्। बिहानैदेखि विभिन्न गन्तव्यका लागि निस्किएका यात्रुवाहक र निजी सवारी साधन बीच बाटोमै अलपत्र पर्दा सर्वसाधारणले सास्ती खेप्न परेको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ।

जाजरकोट–डोल्पा सडक अवरुद्ध

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ । बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा...

अवरुद्ध सडक खुला

वर्षाका कारण अवरुद्ध सडक सञ्चालनमा आएका छन् । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक अवरुद्ध सडक खुलाइएको छ । उक्त खण्डको घोप्टेभिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो ।पछिल्लो समय सडक अवरुद्ध हुँदा ९ स्थानमा क्षति पुगेको छ । सडक विभागका अनुसार सबै स्थानमा दुईतर्फी नै सडक खुलाइएको छ । ठोरी–भरतपुर–मुग्लिन, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल, आरुघाट–सिर्दिवास–रोइलो भञ्ज्याङमा सडक अवरुद्ध भएको […]

टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । हुम्लाको सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शनिबार साँझदेखि टेलिकमको मोबाइल, एडिएसल, फोर जी र ल्याण्डलाइन सेवा सबै अवरुद्ध भएको हो । शाखाकै कार्यालय हातामा रहेको टावर, किरिने टावर, जुम्ला र कालीकोट कताको उपकरणमा खराबी आएको भन्नेबारे पत्ता लगाउनै नसकिएको टेलिकमले जनाएको छ । सेवा अवरुद्ध भएपछि सरकार तथा […]

सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड आज बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । ठूलो चट्टानसहितको पहिरो झरेकाले पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउन पहल भइरहे पनि समय लाग्ने प्रवक्ता अधिकारीले बताए ।पहिरो हटाउनका लागि पुतलीबजार न

एमालेले संसद् अवरुद्ध गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गर्ने भएको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो । एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ओलीले भने,‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता […]

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।पहिराले बिहान ६ः ०० बजेदेखि  राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण प्रभावित भएको प्रहरीले जनाएको छ ।राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा,

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । पहिरोका कारण जयपृथ्वी राजमार्ग गएरातीदेखि अवरुद्ध भएको छ । बैतडीको खोड्पे– बझाङ सडक खण्ड अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । वर्षाका कारण बिहीबार राती १० बजे खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा बझाङ तर्फ जाने गाडी र बझाङबाट […]

मध्यपहाडी राजमार्ग अवरुद्ध

गलकोट।निरन्तरको वर्षाका कारण मध्यपहाडी राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।राजमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो। दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिए।निरन्तरको वर्षापछि पहिरो खसेर अवरुद्ध भएको सडक अपराह्नसम्म सडक खुलाउने लक्ष्य छ।

पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा […]