प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी परियोजनाको शिलान्यास असारभित्रै हुने बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकमाथि उठेको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यसै महिना कार्यालय स्थापना र परियोजनको शिलान्यास हुने जानकारी प्रतिनिधिसभा बैठकमा गराएका हुन् ।