पूर्वी चितवनको राप्ती नगरपालिकामा एक युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–९ चौधघरे बस्ने ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घलानले राप्ती नगरपालिका–६ आदर्शटोलस्थित माछापोखरीमा रहेको आफू बस्ने घरमा राखेर २७ वर्षीया युवतीलाई […]