जनकपुरधाम : धनुषामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएकाे छ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जानकारी दिएकाे छ।पीडित पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले आईतबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय सिकेन्द्र साह सुडी रहेका छन्। प्रहरी स्रोतका अनुसार पीडित पक्षले ५ जनाको नाममा किटानी जाहेरी दिएको छ।घटनामा संलग्न भनिएका चार जना अझै फरार रहेका छन