नेपाल सरकारले भारतसँग जीटुजी (सरकार–सरकार) प्रणालीअन्तर्गत रासायनिक मल खरिद प्रक्रिया अगाडि बढाउन कार्यदल गठन गरेको छ ।मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कमलराज गैरेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । भारतले पनि यस्तै कार्यदल गठन गरेको छ ।
दुवै कार्यदलको संयुक्त भर्चुअल बैठक चैत २ गते बस्न लागेको कृषिमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो । संयुक्त बैठकले नेपालले खरिद गर्ने मलको मूल्य निर्धारणलगायत आयातका लागि अन्य मापदण्ड तय गर्ने उहाँले बताउनुभयो ।