मोरङ- प्रदेश सरकारले जनताको बजेटलाई रोकेर मन्त्रालय भागवण्डा गर्न नहुनेमा नेकपा एमाले प्रदेश १ ले जोड दिएको छ। विराटनगरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले टालाटुली सरकारले जनताको विकास बजेट रोकेर मन्त्रालय भागवण्डा गर्न लागेको खबरमा आपत्ति जनाएको नेता बुद्धिकुमार राजभण्डारीले बताए। बैठकपछि संचारकर्मीसंग प्रतिक्रिया दिदैं राजभण्डारीले बैठकले यससंगै विभिन्न ७ वटा निर्णय गरेको बताए। […]