अस्पताल रहेको एउटा भवनमा आगलागी हुँदा दक्षिण कोरियामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना विरामी र एक जना नर्स रहेको अधिकारीहरुले जानकारी दिएका छन् । अस्पतालमा आगलागी भएको बेलामा ३३ विरामी र १३ स्वास्थ्यकर्मी रहेका थिए । इचेओनमा भएको घटनामा परी अरु ४४ जना घाइते भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनास्थल राजधानी सियोलदेखि ५० किलोमिटर टाढा पर्दछ । चार तले भवनको सबैभन्दा माथिल्लो तलमा स्थानीय