जुत्ता पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु

दाङको तुलसीपुरमा जुत्ता पसलमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ४ जना बालबालिका छन् । तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइन स्थित इरम फुटवेयर जुत्ता–चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर आगलागी भएको थियो ।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा करिब ५–६ वर्षका अबिददिन अली, करिब १३–१४ वर्षीया सजिता […]

सम्बन्धित सामग्री

तुलसीपुरमा जुत्ता पसलमा आगलागी, ५ जनाको मृत्यु

दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । कोठा भाडामा लिएर बसेका पाँच जनाको निसासिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।   कोठाबाट एक महिला र चार पुरुषको शव निकालिएको छ । राति करिब पौने दुई बजे देखि पसलमा आगो लागेको थियो । जसले गर्दा कोठा भाडामा लिएर बसेकाहरुको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ । घटनास्थलमा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायतको टोली पुग्न थालेको छ । आगो नियन्त्रण...