२३ मंसिर, काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा उम्मेदवारी दिएको २० मध्ये १० क्षेत्रमा चुनाव जित्यो । समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेन भने सातवटै प्रदेशसभामा पनि एकीकृत समाजवादी उपस्थिति जनाउन मात्र सफल भयो । तर सत्ता गठबन्धनलाई कायम राख्ने पक्षमा उभिएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीमा दाबी गर्ने […]