जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले मुलुकमा पाइने औषधीय गुणयुक्त वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने सम्भावना औँल्याएका छन्।२३ औँ वनस्पति दिवसको अवसरमा मंगलबार वनस्पति अनुसन्धान केन्द्र धनुषाले धनुषाधामस्थित वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको अथाह सम्पत्तिका रूपमा रहेको वनस्पतिको संरक्षण गरेर प्रशस्त आम्दानी गर्न सकिने बताए।नेपालमा पाइने जडिबुटीको माग विदेशमा समेत रहे पनि संरक्षण हुन नसक्दा त्यत्त