लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेश समितिले जसपासँग एकीकरण नगर्न नेतृत्वलाई सुझाव दिएको छ । सोमबार जनकपुरधाममा सम्पन्न भएको लोसपा नेपाल मधेस प्रदेश समितिको बैठकले निर्वाचनको मुखमा आएर पार्टी एकीकरण नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको हो ।बैठकमा संगठन सुदृढीकरण, स्थानीय निर्वाचनको समीक्षा, पार्टीको सांगठनिक अवस्थालगायतका विषयहरुमा छलफल गरिएको लोसपा नेपाल मधेस प्रदेश समितिले जनाएको छ । बैठकमा स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारले पाएको मत र आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनम