माटो बचाउन मेचीकाली म्याराथन दौड

माटो जोगाउँ भन्ने मुल नाराका साथ सचेतना जोगाउँदै एक युवा मेचीकाली म्याराथुन दौड सुरु गर्दै झापा आइपुग्नुभएको छ । काठमाडौंको टुंडिखेलबाट १७ दिन पहिले दौड सुरु गर्नुभएका पर्वतका युवा नविन पुनमगरले झापामा आफ्नो सचेतना अभियान सञ्चालन गर्नुभएको छ ।

सम्बन्धित सामग्री

‘मान्छे डाइनोसर बन्ला भन्ने डरले माटो जोगाउन दौडिएको हुँ’

पर्वत : मोदी गाउँपालिकामा बस्दै आएका नवीन पुन देशको सात प्रदेशमा दौडिएर पुग्ने गरी जेठ ३० गते काठमाडौंको टुँडिखेलबाट यात्रा प्रारम्भ गरे। ७० दिनमा ३५ सय किलोमिटर दौडिने लक्ष्यका साथ दौडिरहेका उनले १८ सय किलोमिटर दूरी पार गरिसकेका छन्।उनको यो दौड भने कुनै ‘म्याराथन’मा भाग लिएर माटो जोगाउनका लागि हो। मान्छे दौडिएर माटो कसरी जोगिन्छ? भन्ने प्रश्न पनि यहाँनेर उठ्ला। माटोको वर्तमान अवस्था र माटो जोगाउनका लागि गर्न सकिने कामको बारेमा काठमाडौँबाट पर्चा बाँड्ने काम उनले शुरु गरे तर काठम

माटो जोगाउने सन्देशसहित म्याराथन दौड

माटोको उर्वरा शक्ति जोगाउने सन्देशसहित म्याराथन दौडमा निस्किएका पर्वतका नवीन पुनमगर बिहीबार रामेछाप आइपुगेका छन् । ‘माटो जोगाऔं’ अभियान लिएर दौड सुरु गरेका मगरले पूर्वको करिब १ हजार ३ सय किलोमिटर यात्रा पूरा गरिसकेका छन् ।