पर्वत : मोदी गाउँपालिकामा बस्दै आएका नवीन पुन देशको सात प्रदेशमा दौडिएर पुग्ने गरी जेठ ३० गते काठमाडौंको टुँडिखेलबाट यात्रा प्रारम्भ गरे। ७० दिनमा ३५ सय किलोमिटर दौडिने लक्ष्यका साथ दौडिरहेका उनले १८ सय किलोमिटर दूरी पार गरिसकेका छन्।उनको यो दौड भने कुनै ‘म्याराथन’मा भाग लिएर माटो जोगाउनका लागि हो। मान्छे दौडिएर माटो कसरी जोगिन्छ? भन्ने प्रश्न पनि यहाँनेर उठ्ला। माटोको वर्तमान अवस्था र माटो जोगाउनका लागि गर्न सकिने कामको बारेमा काठमाडौँबाट पर्चा बाँड्ने काम उनले शुरु गरे तर काठम