३ करोड लागतमा बीउ उद्योग स्थापना

सुर्खेत (अस) । कर्णाली प्रदेशमै पहिलोपटक निजीक्षेत्रबाट बीउ उद्योग स्थापना गरिएको छ । शीतल एग्रो बिजनेश प्रालिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बीउ बिजन उद्योग स्थापना गरेको हो । करीब ३ करोड लागत रहने उद्योगका लागि मुक्तिनाथ विकास बैंकले ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता भइसकेको कम्पनीका अध्यक्ष सूर्यनाथ योगीले बताए । पहिलो चरणमा करीब ३० लाख लागतमा सञ्चालन गरिएको उद्योगबाट ३० प्रकारका बीउ बिजन तयारी गरी बजारमा पठाइएको छ ।   कर्णालीका विभिन्न जिल्लामा कृषि समूह, सहकारी तथा संस्थाद्वारा उत्पादित मूल बीउलाई संकलन गरी प्रशोधन गरेर आन्तरिक तथा अन्तररष्ट्रिय बजारमा पु¥याउन उद्योग स्थापना गरिएको कम्पनीका अध्यक्ष योगीले बताए । ‘कर्णालीमा उत्पादित बीउ बिजनको माग देशमा मात्र होइन, विदेशमा समेत उच्च छ,’ उनले भने, ‘आन्तरिक माग सम्बोधन गर्दै निर्यात गर्ने लक्ष्य छ ।’ उद्योग सञ्चालनमा ल्याउन पहिलो चरणमा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय मार्फत १४ लाख २५ हजार र कम्पनीको १५ लाख ४० हजार खर्च भएको कम्पनीका अर्का सञ्चालक डिल्लीप्रसाद पाण्डेले बताए । विभिन्न जातका बीउ बिजन उत्पादनसँगै जडीबुटी संकलन, प्रशोधन गर्ने उद्योगको रूपमा विकास गर्ने भावी योजना रहेको उनको भनाइ छ । बिहीवार कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्राले उद्योगको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले भौगोलिक तथा जैविक वातावरणका कारण कम उत्पादन भए पनि कणालीमा उत्पादित बीउको माग तथा बजार राम्रो रहेको बताए । बीउ बिजन उत्पादनका क्षेत्रमा लगानी गर्न चाहने उद्यमीका लागि कर्णाली प्रदेश सरकारले पाँचवर्षे लाभकारी योजना ल्याएको जानकारी समेत उनले दिए । कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका प्रमुख भोजराज सापकोटाले बीउ बिजन उत्पादनका क्षेत्रमा संघीयतापछि तीन तहका सरकारी एजेन्सी बीच समन्वय नहुँदा केही समस्या देखिए पनि अब एकीकृत रूपमा अगाडि बढ्न आवश्यक रहेको औंल्याए । कर्णालीका दशओटै जिल्लामा कृषिको प्रचुर सम्भावना रहेकाले बीउ बिजन उत्पादनमा निजीक्षेत्रको सहभागिता थप बढाउन आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर केसीले साना–साना उद्यमबाटै ठूलो उद्योग स्थापना हुने भएकाले निर्देशनालय कृषकसँगै कृषिक्षेत्रमा लगानी गर्न चाहने उत्साही उद्यमीसँग हातमालो गर्न तयार रहेको बताए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कणालीलाई अग्र्यानिक प्रदेश बनाउने कर्णाली सरकारको घोषणा अब व्यवहारमै कार्यान्वयन गर्ने बेला आएको बताएका थिए ।

सम्बन्धित सामग्री

हेटौँडामा दुईवटा गार्मेन्ट उद्योग स्थापना

महवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका नगरक्षेत्र दुईवटा गार्मेन्ट उद्योग स्थापना भएका छन् । उपमहानगरले २० लाखको लगानीमा वडा नम्ब। ५ र १८ मा उद्योग स्थापना गरेको जनाएको छ । वडा नम्बर ५ मा ‘हेटौँडा गार्मेन्ट समूह उद्योग’ र वडा नम्बर १८ को हर्नामाडीमा ‘स्वरोजगार महिला गार्मेन्ट उद्योग’ स्थापना गरिएको उपमहानगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । […]

रोजगारमुलक उद्योग स्थापना गर्न सरकारलाई गोल्यानको आग्रह

२४ वैशाख, काठमाडौं । नेपाल बैक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवन गोल्यानले मुलुकमा रोजगारमुलक उद्योग स्थापना गर्न सरकारलाई आग्रह गरेका छन् । उनले उत्पादन मुलक उद्योगमा आवश्यक बिजुलीमा ५० प्रतिशत र आयात प्रतिस्थापन गर्ने उद्योगमा २० प्रतिशत विद्युत छुट दिन आग्रह गरे । राजधानीमा आयोजित नेपाल बिजनेश समिट २०२३ लाई सम्बोधन गर्दै […]

पशु आहारा उत्पादनका लागि उद्योग स्थापना गर्दै पालिका

नवलपरासी – नवलपुरको देवचुली नगरपालिकाले पशु आहारा उत्पादन उद्योग स्थापना गर्न लागेको छ ।पालिकाले पशुको आहाराका लागि साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा) उद्योग स्थापना गर्न लागेको हो । नगरपालिकाले पशुका लागि आहारा उत्पादन गरी सहुलियत दरमा किसानलाई प्रदान गर्ने उद्देश्यका साथ साइलेज उद्योग स्थापना गर्न लागेको देवचुली नगरपालिकाका […]

कारागारमा गलैँचा उद्योग स्थापना

काठमाडौँ,३ असोज । जिल्ला कारागार कार्यालय धुलिखेलले कारागारभित्र गलैँचा उद्योग स्थापना गरेको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई काम दिने उद्देश्यले गलैँचा बुन्न सुरु गरिएको कार्यालयले जनाएको छ । एकपटकमा धागो तयार गर्नेसहित ५० कैदीबन्दीले गलैँचा बुन्ने काम गर्नेगरी व्यवस्थापन गरिएको कारागार कार्यालय प्रमुख गायत्री अधिकारीले जानकारी दिइन् । उनका अनुसार जिल्लाका नवराज केसीले रु ३० […]

क्रसर उद्योग स्थापना गरेर नदी दोहन

काठमाडौँ,२८ असार । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्याउली बजारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता भएको छैन । रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले अवैध तवरले क्रसर उद्योग सञ्चालन भएको बताए । “बेनी–जोमसोम सडक र कालीगण्डकी नदीको बगर नजिकै दर्ताबिनै, […]

क्रसर उद्योग स्थापना गरेर नदी दोहन

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्याउली बजारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ।

उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न झन्झटै झन्झट

नेपालमा उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न झन्झटै झन्झट रहेको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५६ औं वार्षिक साधारणसभामा बोल्दै उद्योगीहरूले यस्तो बताएका हुन् । उद्योगी विष्णु न्यौपानेले आफूलाई स्टिल उद्योग खोल्न चाहिने जग्गा अधिग्रहण गर्न सबैभन्दा झन्झटिलो लागेको बताएका छन् । साधारणसभाको पहिलो सत्रमा बोल्दै उनले सर्वोत्तम स्टिलको उद्योग स्थापना गर्न चाहिने जग्गा किन्न सबैभन्दा ठूलो झन्झट ब्यहोरेको बताए ।‘२ अर्ब ५० करोड रुपैयाँ कूल लगानी रहेको उद्योगलाई चाहिने जग्गा किन्नै

उद्योग स्थापना हुने क्रम बढ्यो

पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७/०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आवको पुस मसान्तसम्म १०३ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । चालु आवको सोही अवधिमा उद्योग दर्ताको संख्या बढेर १५४ पुगेको छ । विभागका अनुसार हालसम्म आठ हजार ६०८ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४५ ठूला, ५७ मझौ

‘उद्योग स्थापना र चलायमान बनाउन प्रतिस्थापन विधेयक ल्याइएको हो’

मोरङ – अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले उद्योग स्थापना र चलायमान बनाउन प्रतिस्थापन विधेयक ल्याएको बताएका छन्। विराटनगरमा शुक्रबार मोरङ व्यापार संघको ६५ औं साधारण सभाका क्रममा मन्त्री शर्माले सरकारले दुई दिनभित्र विधेयक ल्याउन निर्देशन दिएसँगै उद्योग क्षेत्रको हितका लागि विधेयक आएको बताए। उनले भने, ‘हामीले केही गरेका छैनाैँ। कुनै बजेट, नीति, फेरेका छैनाँै। यसले मुलुकमा […]

औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने सरकारको पहिलो प्राथमिकता

सरकारले औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा उद्योगका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिने भएको छ । उद्योगलाई स्थापना नभएसम्म विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापनाको उद्देश्य पुरा नहुने भन्दै उद्योगका लागि आवश्यक पूर्वाधारलाई पहिलो प्राथमिकता दिने भएको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले आधारभूत पूर्वाधार तयार गरी उद्योग स्थापना गर्ने […]