झापामा मृत भेटिएका एक भारतीय नागरिकको लेनदेन र यौन दुर्व्यवहारका कारण हत्या भएको रहस्य खुलेको छ । उनको हत्याका लागि ५ लाख रुपैयाँ सुपारी दिने शर्त गरिएको पनि प्रहरीले बताएको छ । झापा अर्जुनधारा–४ स्थित जुकेखाडी–साहसी टोलभित्रको ह्युमपाइपमा केहि दिनअघि बोरामा फेला परेको शव फेला परेको थियो । उक्त शव भारत गुजरातका ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाइको हो । प्रहरीले उनको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा अर्जुनधारा–७ की ३२ वर्षीया जानुका देवी थापा