सिटीलाई कीर्तिमानी लगातार चौथो लिग कप

म्यान्चेस्टर सिटीले कीर्तिमानी लगातार चौथो पटक लिग कपको उपाधि जितेको छ । वेम्बली स्टेडियममा टोटनहम हटस्पर्सलाई १–० ले पराजित गर्दै सिटीले उपाधिमाथि कब्जा जमाएको हो ।खेलको ८२ औँ मिनेटमा एमेरिक लापोर्टेले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । केभिन डि ब्रुयनाको फ्रिकिकलाई हेड गर्दै लापोर्टेले जाली चुमाएका थिए । योसँगै सिटीले १९८० ताका लिभरपुलले बनाएको कीर्तिमान बराबरी गरेको छ । लिभरपुलसँगे सिटीको यो सर्वाधिक आठौँ लिग कप उपाधि पनि हो ।नयाँ प्रशिक्षक रायन मेसनको नेतृत्वमा स्पर्सले सिटीलाई

सम्बन्धित सामग्री

च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई

स्पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसमा गएराति भएको फाइनलमा इङ्ग्लिस क्लब लिभरपुललाई १–० गोलले हराउँदै रियल च्याम्पियन बनेको हो । रियलका भिनिसियस जुनियरले खेलको ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो सँगै रियलले कीर्तिमानी १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । च्याम्पियन्स लिगमा रियलसँगको हारसँगै लिभरपुल यो सिजन दुई उपाधिमा सीमित भएको छ । लिग कप र एफए कप जितेको लिभरपुलले प्रिमियर लिग र च्याम्पियन्स लिगमा हार बेहोरेको हो । स्पेनि...