प्रधानमन्त्री ओलीद्वारा एस्ट्राजेनेका खोप उपलब्ध गराउन बेलायतलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एस्ट्राजेनेका खोप उपलब्ध गराउन बेलायतलाई आग्रह गरेका छन् । कोरोनाभाइरस विरुद्धको लडाइँमा सहयोग गर्न प्रधानमन्त्री ओलीले बेलायतलाई आग्रह गरेका हुन्।

सम्बन्धित सामग्री

कक्षा १२ का परीक्षार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई बोर्डको आग्रह

३२ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको जनाएको छ । जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका खोप कक्षा १२ का विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध गरिएको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए । ‘हामीले अहिले परीक्षार्थीको लागि खोपको पहल गरिरहेका छौं […]

जापानले १६ लाख डोज खोप नेपाललाई दिने

काठमाडौं । जापान सरकारले नेपाललाई १६ लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । मंगलबार काठमाडौंस्थित जापानी राजदूतावासले एक प्रेस विज्ञप्तिमार्फत कोभ्याक्स सुविधामार्फत जापानले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउन लागेको जानकारी दिएको हो । दूतावासको विज्ञप्तिमा जनाइएअनुसार जापानका विदेशममन्त्री मोटेगी तोशिमित्सुले आजै नेपाललाई खोप दिने घोषणा गरेका थिए ।  खोप नेपाल...

प्रधानमन्त्रीद्वारा एस्ट्राजेनेका खोप उपलब्ध गराउन बेलायतसँग आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एस्ट्राजेनेका खोप उपलब्ध गाराउन बेलायतसँग आग्रह गरेका छन्।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग बिहीबार भेटवार्ता गर्दै ओलीले सो आग्रह गरेका हुन्।सिंहदबारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालोको सन्दर्भमा छलफल भएको बताइएको छ।ओलीले अहिलेसम्मको सहयोगका लागि राजदूतमार्फत बेलायत सरकारप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको कोरोनाविरुद्धको खोप

काठमाण्डाै - इटालीले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोक लगाएको छ । यो निर्णयले गर्दा इटालीमा रहेको एस्ट्राजेनेकाको कम्पनीमा उत्पादन भएका २ लाख ५० हजार खोप पठाइने योजना प्रभावित भएको छ । युरोपेली सङ्घ (ईयू) को नयाँ नियम प्रयोग गर्दै कदम चाल्ने इटली पहिलो युरोपेली देश बनेको छ ।  यो नियममा यदि कम्पनीले ईयूलाई दिने प्रतिबद्धता गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ । इटलीको कदममा युरोपेली आयोगको साथ रहेको बीबीसीले जनाएको छ । एस्ट्रा...