काठमाण्डाै - इटालीले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोक लगाएको छ ।
यो निर्णयले गर्दा इटालीमा रहेको एस्ट्राजेनेकाको कम्पनीमा उत्पादन भएका २ लाख ५० हजार खोप पठाइने योजना प्रभावित भएको छ ।
युरोपेली सङ्घ (ईयू) को नयाँ नियम प्रयोग गर्दै कदम चाल्ने इटली पहिलो युरोपेली देश बनेको छ । यो नियममा यदि कम्पनीले ईयूलाई दिने प्रतिबद्धता गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ ।
इटलीको कदममा युरोपेली आयोगको साथ रहेको बीबीसीले जनाएको छ । एस्ट्रा...