काठमाडौं। डा. रविन्द्र पाण्डेले कोरोनासम्बन्धि समाचार हेरेर वा सुनेर आत्तिने नभई मनोबल उच्च राख्न आग्रह गरेका छन्। उनले अहिले पनि कोरोना संक्रमितको १ प्रतिशत मृत्य भएको र ९० प्रतिशत व्यक्ति घरमै उपचार गरेर निको भएको उल्लेख गरेका छन्। नेपालका अस्पताल संक्रमितले भरिए पनि निको हुने क्रम बढिरहेकोले त्यसले सकारात्मक संकेत गरेको उनको भनाई छ।