व्यवसायीको मनोबल बढाउन आग्रह

काठमाडौं– उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलबीचको भेटवार्तामा व्ययवसायीले मनोबल बढाउने वातावरण ल्याउन आग्रह गरेका छन् । सोमबार भएको भेटका क्रममा महासंघ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताए । उनले अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा […]

सम्बन्धित सामग्री

टी–२० विश्वकपः नेपाली खेलाडीको मनोबल बढाउन स्टेडियम पुगौँ

आज नेपालको पहिलो खेल हुने भएकाले खेलाडीको मनोबल बढाउन अमेरिकामा रहेका नेपालीहरूलाई स्टेडियमा उपस्थित हुन आग्रह गरेका छन्।

टी–२० विश्वकपः नेपाली खेलाडीको मनोबल बढाउन स्टेडियम पुगौँ

आज नेपालको पहिलो खेल हुने भएकाले खेलाडीको मनोबल बढाउन अमेरिकामा रहेका नेपालीहरूलाई स्टेडियमा उपस्थित हुन आग्रह गरेका छन्।

टी–२० विश्वकपः नेपाली खेलाडीको मनोबल बढाउन स्टेडियम पुगौँ

आज नेपालको पहिलो खेल हुने भएकाले खेलाडीको मनोबल बढाउन अमेरिकामा रहेका नेपालीहरूलाई स्टेडियमा उपस्थित हुन आग्रह गरेका छन्।

निजी क्षेत्रको मनोबल बढाउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको मनोबल बढाउन नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेको छ।...

परियोजना धितोमा लगानी बढाउन बैंकहरूलाई आग्रह

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले बैंक तथा वित्तीय संस्थाहरूलाई परियोजना धितोमा पनि लगानी बढाउन आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभामा उनले अहिलेसम्म घरजग्गा धितोमा धेरै ऋण प्रवाह हुने गरेको भन्दै अन्तरराष्ट्रिय अभ्यासबाट सिकेर परियोजना धितोमा लगानी गर्न अनुरोध गरे । उपाध्यक्ष श्रेष्ठले देशमा भइरहेको उत्पादन घटेको र नयाँ उत्पादन नभएको भन्दै हरेक कुरा बाहिरबाट आयात गरिँदा समस्या सृजना भएको बताए । अहिलेसम्म करीब ६० खर्बको निक्षेप र ५० खर्बको लगानी भएको भन्दै त्यसलाई उत्पादनमूलक केन्द्रित गर्न आवश्यक रहेकोमा जोड दिए । ‘बैंकको लगानीले उत्पादन र रोजगारी वृद्धि गर्दै नगरेको होइन, तर अपेक्षाअनुसार छैन,’ उनले भने, ‘यो क्षेत्रले उत्पादन र रोजगारी वृद्धि गर्‍यो भने त्यसको पहिलो लाभ बैंक तथा वित्तीय क्षेत्रलाई नै हुन्छ । उत्पादन र रोजगारीमा वृद्धि भए बैंकहरूलाई नै फाइदा हुन्छ ।’ देशका विभिन्न क्षेत्रमध्ये अन्तरराष्ट्रिय मानक भएको क्षेत्र बैंक तथा वित्तीय क्षेत्र रहेको उनले बताए । १६औं योजनामा बैंक तथा वित्तीय क्षेत्रलाई समेटेर लैजाने उनको भनाइ छ । ‘बैंकको लगानीले उत्पादन र रोजगारी वृद्धि गर्दै नगरेको होइन, तर अपेक्षाअनुसार छैन,’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले भने, ‘यो क्षेत्रले उत्पादन र रोजगारी वृद्धि गर्‍यो भने त्यसको पहिलो लाभ बैंक तथा वित्तीय क्षेत्रलाई नै हुन्छ ।’ कार्यक्रममा योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले निर्माण क्षेत्र वित्तीय समस्याबाट मुक्त नभएसम्म उत्पादन र उत्पादकत्व नबढ्ने तथा युवाले रोजगारी नपाउने बताए । त्यसका लागि २० प्रतिशतसम्म ऋण रकम निर्माण क्षेत्रमा लगानी हुने वातावरण बन्नुपर्ने उनको भनाइ थियो । निर्माण क्षेत्रलाई दिइने ऋणदर र सेवा क्षेत्रका लागि दिइने ऋणदर फरक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले १६औं योजनामा वित्तीय क्षेत्र र निजीक्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे । समग्र अर्थतन्त्र सुधारका लागि पूँजीगत खर्च बढाउन उनले सुझाव दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले दोहोरो अंकको ब्याजदर रहेसम्म अर्थतन्त्रले गति लिन नसक्ने बताए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष अमित मोरले उद्योगी, व्यापारीको मनोबल खस्किरहेको अवस्थामा सिबिफिन, नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले समन्वय तथा साझेदारी गरिरहेको उल्लेख गरे ।  डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठले सिबिफिनले सबै व्यावसायिक क्षेत्रलाई जोड्ने काम गरेको बताए । यस्तै नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुशील पन्तले नीतिगत तहमा काम गर्ने सवालमा आफूहरू सिबिफिनसँगै रहेको बताए ।

निजी क्षेत्रको मनोबल बढाउन बैंकले ब्याजदर घटाउनुपर्छः अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरूले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गरेका छन्। बिहीवार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव कार्यक्रममा अर्थमन्त्री डा. महतले सरकारले अर्थतन्त्र चलायमान बनाउन र बैंकको ब्याजदर घट्ने उद्देश्यले स्थानीय तहको सञ्चित कोषको रकम बैंकले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको बताए। […]

उद्योग व्यवसाय प्रवर्द्धनको ठोस नीति ल्याउन निजीक्षेत्रको आग्रह

काठमाडौं । निजीक्षेत्रका दुई ठूला छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई उद्योग व्यवसाय प्रवर्द्धनका लागि ठोस नीति ल्याउन आग्रह गरेका छन् । सोमवार मन्त्री रिजालसँग छुट्टाछुट्टै भएको भेटवार्तामा महासंघ र परिसंघका प्रतिनिधिमण्डलले उद्योगमन्त्री रिजालसँग यस्तो आग्रह गरेका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकटोन्मुख हुँदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा परेको बताए । अहिले बजारमा तरलता प्रवाह बढाउनुपर्ने र अन्य उपकरणको प्रयोग गरी ब्याजदर घटाउनुपर्ने अध्यक्ष गोल्छाले सुझाए । बजारमा माग नहुँदा उद्योग व्यवसाय आधाभन्दा कम क्षमतामा चलिरहेको उनको भनाइ थियो । यो अवस्था सहज बनाउन सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।  अध्यक्ष गोल्छाले बाह्य लगानी ल्याउन दाताहरूसँग सम्मेलन गर्न पनि सुझाए । बजारमा उधारोको समस्या विकराल बन्दै गएको भन्दै उनले उधारो उठाउने सम्बन्धी कानून यथाशीघ्र ल्याउनुपर्ने बताए । यसैगरी उनले स्टार्टअप नीति तत्काल पारित गर्न पनि मन्त्री रिजालसमक्ष आग्रह गरे । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध भएसम्मका सबै उपाय र उपकरण प्रयोग गरेर भए पनि बजारमा लगानी बढाउन र निजीक्षेत्रमा विश्वासको वातावरण बनाउने काममा सरकार लाग्नुपर्ने सुझाव राखे । यसैबीच, सोमवार नै नेपाल उद्योग परिसंघले समेत मन्त्री रिजाललाई भेटेर उद्योगी व्यवसायीको मनोबल उकास्ने काम गर्न आग्रह गरेको छ । भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पूँजीको अभावलगायत कारण उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताए । मागमा आएको संकुचनले लगानीका योजना ठप्प भएको उनको भनाइ थियो । कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान निरन्तर घट्दै गएको भन्दै उनले यसलाई बढाउने वातावरणको खाँचो औंल्याए । औद्योगिकीकरणले मात्र दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसर सृजना गर्न सकिने भएकाले औद्योगिकीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अध्यक्ष अग्रवालले अनुरोध गरे । यस्तै परिसंघले औद्योगिकीकरण बढाउन सरकारसँगको सहकार्यमा अघि बढाइरहेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानका बारेमा उनले जानकारी गराए ।  परिसंघले आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्न, चालू आर्थिक वर्षको बजेटमा घोषणा गरिएको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउन पनि आग्रह गरेको छ । दुवै संस्थाका प्रतिनिधिमण्डलसँगको भेटमा उद्योगमन्त्री रिजालले निजीक्षेत्रका तर्फबाट आएका सुुझाव कार्यान्वयनका लागि मन्त्रालयले सहकार्य गर्ने बताए । व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग÷सहकार्य गर्ने विश्वाससमेत उनले दिलाए ।

अर्थतन्त्र सुधार्न परिसंघको सुझाव

काठमाडाैं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको भन्दै मनोबल बढाउन आग्रह गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले आज मन्त्रालयमा नवनियुक्त मन्त्रीसमक्ष यस्तो आग्रह गरेको हो । अग्रवालले उद्योगी व्यवसायीको घटेको […]

उत्तर कोरियाका सर्वोच्च नेताको महिलालाई अपिल– सैनिकलाई पत्र लेखेर मनोबल बढाउ

एजेन्सी। उत्तर कोरियाका सर्वोच्च नेता कीम जोङ्ग उनले देशका महिलाहरुलाई पत्र लेखी सैनिकहरुको मनोबल बढाउन आग्रह गरेका छन्। देशमा चलिरहेको सोसलिस्ट वुमन युनियनको सम्मेलनलाई सन्देश पठाउँदै उनले महिलाहरुलाई पारम्परिक कपडा पहिरनसमेत भनेका छन्। उनले महिलाहरुलाई निर्माण स्थलमा गएर राष्ट्रिय गीत गाउन पनि अनुरोध गरेका छन्। बालबालिकालाई विदेशी विचारधारा, संस्कृति र जीवनशैलीबाट बचाउने जिम्मेवारी महिलाको भएको उनले बताए।

सभामुख सापकोटाद्वारा कोरोना परीक्षणको दायरा बढाउन आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले उपलब्ध स्वास्थ्य सामग्री तथा उपकरणको समुचित वितरणमार्फत स्वास्थ्यकर्मी एवं उपचारमा संलग्न अन्य व्यक्तिको मनोबल उच्च बनाई कोभिड–१९ को परीक्षणको दायरा बढाउन आग्रह गर्नुभएको छ ।