नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल भोलि सोमबार उपचारपछि नेपाल फर्किदै हुनुहुन्छ । उहाँका प्रमुख स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार नेता खनाल भोलि ३ः४५ बजे स्वदेश फर्किनुहुनेछ ।
मिर्गौलामा समस्या भएपछि नेता नेपाल थप उपचारका लागि गत जेठ २ गते भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पताल भर्ना हुनुभएको थियो । उहाँको मिगौैला प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यअवस्थामा सुधार भएपछि नेता खनाल फर्कन लाग्नुभएको प्रमुख स्वकीय सचिव भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।